​सप्तरी।  सप्तरी स्थित कडोरवना इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक घुुस लिँदा लिँदै पक्राउ परेको छन् । पक्राउ पर्नेमा प्रहरी निरिक्षक प्र्रेमबहादुर थापा र उनका सहयोगी सादापोशाकमा रहेका प्रहरी जवान अशोककुमार यादव रहेका छन् ।

दुर्घटनाको मुद्दा मिलाइ दिने भन्दै डेढ लाख रुपैयाँ घुस मागेर अहिले पँचास हजार दिने सहमतीमा मुद्दा सम्झौता भएको सूचना पाएपछि अख्तियारले उनीहरुलाई फागुन २२ गते देखिनै निगरानीमा गरीरहेको जनाएको छ ।

सार्वजनिक विदाको दिन रकम लिने सहमती भएको सूचना पाएपछि अख्तियारले बुधबार दिउँसो इलाका प्रहरी कार्यालय कडरवनामा छापा मारि कार्यलयमै घुस लिँदा लिँदै उनीहरुलाई भेटेको थियो । घुसको रकम प्रहरी निरीक्षक थापाले सहयोगी यादवलाई भान्सामा लुकाउन लगाएको र सोहि अनुसार खानतलासी गर्दा किचनमै रकम भेटिएको अख्तियारले जनाएको छ ।