काठमाडौं। सामसुङ इलेक्ट्रोनिक्स नेपालले दुई वटा स्मार्ट मोवाईल सेट लन्च गरेको छ । पानी र हावाले असर नगर्ने दुबै मोवाईल सेटमा एडभान्स क्यामरा फिचर र एक्स्टर्नल मेमोरी कार्ड सुविधा भएको कम्पनीले जनाएको छ ।
चार जिबी र्याम भएको यि सेटहरूमा २०० जिबीसम्मको एक्स्टर्नल मेमोरी कार्ड राख्न सकिन्छ भने ड्युल पिक्सेल १२ एमपीको रियर क्यामरा छन् ।
एस–७ एज र ग्यालेक्सी एस–७ दुबै एन्ड्रोइड ६.० अपरेटिङ सिस्टममा चल्छ । ग्यालेक्सी ७–एस को तौल १५२ ग्राम, ५.१ इन्च क्वाड एचडी डिस्प्ले र ३००० एमएएचको ब्याट्री छ । यस्तै एस–७ एजको तौल १५७ ग्राम, ५.५ इन्च क्वाड एचडी डिस्प्ले र ३६०० एमएएचको ब्याट्री छ ।
ग्यालेक्सी एस–७ एजको मूल्य रु. ८८ हजार ९०० र ग्यालेक्सी एस–७ को रु. ७७ हजार ९०० निर्धारण गरिएको छ । मोवाईलसेट नेपाली बजारमा मध्य मार्चबाट उपलब्ध हुने सामसुङ नेपालका एचएचपी विभाग प्रमुख प्रणयरत्न स्थापितले जानकारी दिए ।
अग्रिम बुकिङ गर्नेहरूलाई रु. २० हजार मूल्य बराबरको लेदर ब्याग वा रु. १३ हजार ९०० पर्ने सामसुङ गियर भिआर उपलब्ध गराइने स्थापितले बताए ।