काठमाडौं। कोषाध्यक्ष पदको सस्थापन पक्षकी उम्मेदवार सीतादेवी यादव विजयी बनेकी छिन । उनले ११८० मत ल्याएकी छिन । उनले निकटम प्रतिद्धन्दी भन्दा ९ मत बढी ल्याएकी छिन ।

को हुन सीतादेवी?

नवनिर्वाचित कोषाध्यक्ष सीतादेवी यादव २०५७ सालदेखि निरन्तर कांग्रेसको सिरहा जिल्ला कार्यसमिति सदस्य रहँदै आएकी थिइन् ।

२०७० को संविधानसभा चुनावमा सिरहा क्षेत्र नम्बर ३ बाट निर्वाचित उनी २०६२/०६३ को पुनस्र्थापित संसदमा पनि सांसद थिइन ।
१ मंसीर २०१२ मा जन्मेकी यादवले समाजशास्त्रमा प्रमाणपत्र तह उत्तीर्ण गरेकी छन् ।

२०४६ सालदेखि राजनीतिमा आवद्ध भएकी उनी शहीद चन्दनारायण यादव मेमोरियल ट्रष्टको अध्यक्ष समेत हुन ।