काठमाडौं। नेपाली कांग्रेसको महामन्त्रीमा डा. शशांक कोइराला निर्वाचित भएका छन् ।
१३ औं महाधिवेशन अन्तर्गत आइतबार सम्पन्न निर्वाचनको मंगलबार भएको मतगणनामा नेताहरु अर्जनुनरसिह केसी र गगन थापालाई पछि पार्दै शशांक अागामी ४ बर्षका लागि महामन्त्री पदमा निर्वाचित भएका हुन् ।
कोइराला टिचिङ हस्पिटलका चिकित्सक हुन् । राजनीतिबारे खासै अनुभव नभएपनि विपी पुत्र हुँदा शशांकले अत्यधिक बहुमतका साथ देशकै ठूलो पार्टी कांग्रेसको महामन्त्री बन्ने अवसर पाए ।
शशांक महामन्त्रीमा निर्वाचित भएको घोषणा हुन बाँकी छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले शशांकलाई महामन्त्रीमा विजयी भएको घोषणा गर्ने तयारी गरेको छ ।
को
हुन्
सशांक
?
नेपाली
कांग्रेसका
संस्थापक
नेता
वीपी
कोइरालाका
तीन
छोरामध्ये
कान्छा
शशांक
कोइरालाको
जन्म
वि.स.
२०१५
सालमा
विराटनगरमा
भएको
हो
।
लामो समय चिकित्सा पेसमा सम्लग्न आँखा रोग विशेषज्ञ डाक्टर कोइराला ०४६ सालको जनआन्दोलनमा चिकित्सकहरुका तर्फबाट सहभागी भएका थिए । परिवारसँगै २०१७ देखि २०३६ सालसम्म निर्वासित जीवन बिताएका कोइराला ०६७ को १२ औं महाधिवेशनमा चौथो स्थानको मत ल्याएर केन्द्रीय सदस्यमा विजयी भए ।
उनी नवलपरासीबाट ०६४ र ७० को दुइ वटै संविधानसभा निर्वाचनमा विजयी भए । पौडेल समूहबाट यसपटक महामन्त्रीको उम्मेदावर बनेका कोइराला निर्वाचित भएका हुन । उनको यो जितलाई कोइराला परिवारको उत्तराधिकारीको रुपमा लिइएको छ ।