भक्तपुर। भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्त र नागाबाबाहरुलाई मंगलबार बिदाइ गरिएको छ ।

डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गीकरण गरी दक्षिणा उपलब्ध गराएको डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।

‘क’ वर्गका साधुसन्तलाई १ हजार १ सय रुपैयाँ, ‘ख’वर्गकालाई ७ सय र ‘ग’ वर्गकालाई ५ सय ५ रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, २ थान धोती प्रदान दिएर बिदाइ गरिएको हो ।

डोलेश्वर महादेवमा यस वर्षको शिवरात्रिमा तीन सयभन्दा बढी साधु–सन्तहरु आएको समितिले जनाएको छ ।