काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री र कोषाध्यक्षका लागि भएको निर्वाचनको मतगणना कांग्रेस मुख्यालय सानेपामा शुरु भएको छ । कांग्रेस महामन्त्रीका लागि शशांक कोइराला, अर्जुननरसिंह केसी र गगन थापा प्रतिस्पर्धामा छन् ।

त्यसैगरी कोषाध्यक्षमा सीतादेवी यादव, चित्रलेखा यादव, उमाकान्त चौधरी र कृष्ण कार्की प्रतिस्पर्धामा छन् । सबै पदाधिकारीहरुको मतगणना आज राति सम्म सम्पन्न हुने केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।