एजेन्सी। कतारमा सनी लियोनीको प्रस्तुती रहने भनिएको एक कार्यक्रममा त्यहाँको सरकारले रोक लगाएको छ ।

पोर्नस्टार सनी लियोनीको प्रस्तुती रहने भनी प्रचार भएपछि कतार सरकारले देशको सार्वजनिक अनि धार्मिक आस्थामा खलल पुग्ने भन्दै सनी लियोनीको उक्त कार्यक्रम गर्न नदिने भएको हो ।

कतारी सरकारले सनीको कार्यक्रम गर्न नदिएपछि उनलाई पनि ठुलो झट्का लागेको छ । उता सनीले कतार सरकारले आफनो कार्यक्रममा रोक लगाएको प्रति दुख ब्यक्त गरेकीछिन् ।