ललितपुर। एशिया कप २०१६ को उपाधिको लागि आज आयोजक बंगलादेश र भारतले प्रतिष्पर्धा गर्दै छन् ।

यस अघि ५ पटक एशिया कपको उपाधि जितेको भारत छैठौ पटक उपाधि जित्दै किर्तिमान बनाउने सोचमा छ  । बंगलादेश भने पहिलो उपाधिको खोजीमा हुनेछ ।

खेल बंगलादेशको शेरे बांग्ला स्टेडियममा नेपाली समय अनुसार साझँ ७:१५ मा सुरु हुनेछ  । भारतले यस रंगशाला १० पटक टि २० खेल खेलेकोमा उसले केवल १ पटक हार बेहोरेको छ ।