काठमाडौँ। यस वर्ष सर्वाधिक व्यापार गरेको रामबाबु निर्देशित फिल्म ‘कबड्डी कबड्डी’ प्रदर्शन नसकिदैं पाइरेसीको मारमा परेको छ। फिल्म यूटियूबमा एकपछि अर्को च्यानलबाट रिलिज भइरहेको छ।

निश्चलले हिजो शनिबार फोन आएपछि फिल्म पाइरेसी भएको आफूले थाहा पाएको जानकारी दिए। उनले उनीहरू हाल फिल्मलाई यूटियूबबाट फिल्मलाई हटाउन लागि रहेको बताए। ‘कबड्डी कबड्डी’ निर्माण टिमले फिल्म हटाइरहेको भएपनि फिल्म यूटियूबमा एकपछि अर्को गरी अपलोड भइरहेको छ।

निश्चलले थप कुरा गर्दै दोषी पहिचान गरेर घाटा सोहि व्यक्तिबाट पूर्ति गरिने बताएका छन्। उनले फिल्म नेपालबाट नभइ विदेशबाट अपलोड गरिएको जनाए। ‘कबड्डी कबड्डी’ ‘कबड्डी’ फिल्मको दोस्रो सिक्वल हो।