ललितपुर। पश्चिमी वायु नेपाल भित्रँदा मौसम परिवर्तन भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठका अनुसार हिजैदेखि भित्रिएको पश्चिमी वायुलाई आइतबार बिहान उत्तरी भारतबाट आएको हावाले प्रणालीलाई सहयोग गरेकोले मौसम परिवर्तन भएको हो ।

दुइवटा वायुप्रणाली मिसिएपछि नेपालभरको मौसममा खराबी आएको श्रेष्ठले बताएका छन् ।

उनका अनुसार पश्चिम र मध्य क्षेत्रमा अहिले मौसममा परिवर्तन आएको छ । दिउँसोपख पूर्वतिर मौसम मा खराबी आउनेछ। पश्चिम र मध्य क्षेत्रका पहाडी भेगमा मेघ गर्जन सहित फाटफुट वर्षा हुने छ भने तराई भेगमा सामान्य वर्षा हुने श्रेष्ठले बताए ।