नेपालगन्ज। एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले नेपाली काँग्रेससहितको राष्ट्रिय सहमतिको सरकार गठन हुने सम्भावना अझै नटरेको बताएका छन्।

क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा दाहालले भने – “नेपाली काँग्रेसको महाधिवेशन सकिएपछि यो विषयमा पुनः छलफल हुन्छ ।”

पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा दाहालले नेपालको संविधानलाई भारत सरकारले अझै पूर्णरुपमा स्वागत गरिनसकेको जस्तो देखिएपनि प्रधानमन्त्रीको भारत भ्रमणले भने दुई देशबीचको सम्बन्ध सकारात्मक रुपमा अघि बढिरहेको देखिन्छ ।

अध्यक्ष दाहालको थप भनाइ थियो – “मधेसी मोर्चाका दुई महत्वपूर्ण माग संविधान संशोधनबाट पूरा भइसकेका र सीमाङ्कनसम्बन्धी माग पनि तीन महिनाभित्र टुङ्गोमा पु¥याइनेछ ।”

आफ्नो दल र फुटेका माओवादी दलबीच एकीकरणको प्रयास सकारात्मक रुपमा अघि बढिरहेको बताउँदै दाहालले निकट भविष्यमा माओवादी पार्टी पुनः एक भएर आउने बताए ।