काठमाडौँ। बालाजु चोकमा शुक्रबार साँझ भएको दुर्घटनामा झापाका अग्नि ढुङ्गेलको मृत्यु भएको छ ।

नयाँ बजारस्थित अक्सफोर्ड उमाविको बा२क ४८० नं को बसले बा६१प ७३२७ नं को मोटरसाइकललाई बालाजु चोक अगाडि साँझ करिब ६ बजे ठक्कर दिँदा ५० वर्षीय चालक ढुङ्गेल गम्भीर घाइते भई उपचारका क्रममा जनमैत्री अस्पतालमा राति नै मृत्यु भएको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।

प्रहरीले घटनामा संलग्न बस र त्यसका चालक धादिङका ३७ वर्षीय दीपक ठकुरीलाई नियन्त्रणमा लिई बालाजु प्रहरी वृत्तमा राखेको छ ।