वरिष्ठ नेता शेरबहादुर देउवा प्यानलले सभापतिमा शेरबहादुर देउवा, महामन्त्रीमा अर्जुननरसिंह केसी र कोषाध्यक्षमा चित्रलेखा यादवले उम्मेदवारी दर्ता गरेका छन् । त्यस्तै महामन्त्री कृष्ण प्रसाद सिटौला प्यानलबाट सभापतिमा कृष्ण प्रसाद सिटौला, महामन्त्रीमा गगन थापा र कोषाध्यक्षमा उमाकान्त चौधरीले ऊम्मेद्वारी दर्ता गरेका छन् । तीन प्यानललाई विश्लेषण गर्दा कांग्रेसको यो निर्वाचनमा कडा प्रतिष्पर्धा हुने देखिएको छ ।
धेरै जसो महाधिवेशन प्रतिनिधि नँया भएको र सस्थापन पक्षबाट दुई प्यानल बनेकाले देउवालाई चुनाव जित्न सजिलो हुने बताइए पनि सभापति पदमा पहिलो चरण मै विजयी हुने सम्भावना कम देखिएको छ ।
रामचन्द्र पौडेललाई प्रकाशमान सिंह, रामशरण महत, शेखर कोइरालालगाएतका नेताहरुको समर्थन रहेको छ भने उनले आफू नै संस्थापनको आधिकारिक उम्मेदवार भएको दाबी गरेका छन् ।
सरसर्ती हेर्दा संस्थापन पक्षको मत धेरै देखिन्छ तर कृष्ण प्रसाद सिटौलाको प्यानलसहितको उम्मेदवारीले त्यो अंक गणित परिवर्तन हुनसक्ने बताइएको छ । त्यस्तै सिटौलासँग गगन थापाको पपुलिष्ट छवि रहेकाले युवा मतदातालाई आकर्षण गर्नसक्ने विश्वास गरिएको छ तर सिटौला क्याम्पमा अन्य हाई प्रोफाइल नेताहरु भने अहिलेसम्म देखिएका छैनन् ।
१२ औ महाधिवेशनमा सुशील कोइरालाभन्दा ३३५ मत कम पाएका देउवा पक्ष सिटौलाले संस्थापन भनिएका पौडेलको मत काट्दा आफू सजिलै विजयी हुनेमा विश्वस्त देखिन्छन् । सभापतिका तीन उम्मेदवारलाई हेर्दा पार्टीमा नीति तथा कार्यक्रममा अलि बढी बहस गर्नखोज्ने र पार्टीका निकायहरुलाई नियमित परिचालन गरिरहेका रामचन्द्र पौडेल देखिन्छन ।
सभापति पदमा ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने कांग्रेसको विधानमा रहेकाले पहिलो चरणमा सभापति छानिने सम्भवन कम देखिन्छ । पौडेललगायतका संस्थापनका नेताहरु आफूहरु दोस्रो चरणमा विजयी हुने विश्वासका साथ् चुनावी रणनीति बनाएको बुझिएको छ भने देउवा पक्ष पहिलो चरणमै विजयी हुने रणनीतिमा लागेको छ । तर सिटौलाको स्थिति भने अहिले नै केहि भन्न नसकिने देखिन्छ ।