काठमाडौंं। बुढा सुब्वा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लािग आज मनाङ मस्र्याङ्दी क्लब र विभागीय टोली नेपाल पुलिसबीच प्रतिस्पर्धा हुने भएको छ ।
धरानमा जारी १८औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्वा गोल्डकपको फाइनल खेल नेपाल फुटबल संघको टेक्निकल सेन्टरमा हुने छ ।
जुमानु राई र अनिल गुरुङको कप्तानीमा रहेको पुलिस र मनाङबीचको प्रतिस्पर्धा रोमान्चक हुने पक्का छ । फाइनलअघि दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।