काठमाठौं।  पार्टी सभापतिमा उम्मेद्वारी घोषणा गरेकी सुजाता कोइरालाले रामचन्द्र पौडेललाई समर्थन गर्ने भएकी छिन् । पौडेलसँग तीनबुँदे सहमतिपछि सुजाताकै निवास मण्डिखाटामा विहीबार बिहान पौडेल र कोइरालाले संयुक्त पत्रकार सम्मेलनको आयोजनासमेत गरेका छन् ।

स्रोतका अनुसार विधान संशोधनपछि महिला उपसभापतिको प्रावधान राख्ने र त्यसमा सुजातालाई जिम्मेवारी दिने पौडेलले सहमति जनाएपछि सुजाता पौडेललाई समर्थन गर्न तयार भएकी हुन् । त्यसैगरी मेन्द्रीय कार्यसमितिमा सुजाताले सिफारिस गरेका पाँच केन्द्रीय सदस्य राख्न पौडेल तयार भएका छन् ।

आगामी दिनमा सरकारमा नेपाली कांग्रेसको सहभागिता हुँदा पार्टीको तर्फबाट सुजाताको नेतृत्व हुनुपर्ने तेस्रो शर्त रहेको स्रोतले दैनिकलाई बतायो ।