स्याङ्जा। गृहमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक क्रान्ति अहिलेको मुख्य आवश्यता रहेको बताएका छन् ।

स्याङ्जाको २५आँै जिल्ला परिषद् तथा बजेट सार्वजनिकीरण कार्यक्रममा बस्नेतले राजनीतिक क्रान्ति सकिएकाले आर्थिक क्रान्तिको विकल्प नरहेको उल्लेख गरे ।

मन्त्री बस्नेतले संविधान सम्झौताको दस्तावेज भएकाले सबैका मागलाई पूरा गर्न सकिदैन भने ।

कार्यक्रममा सांसद कमलप्रसाद पङ्गेनी, राजु थापा, मुक्तिप्रसाद पाठक, टेकु नेपाली, पूर्वशान्तिमन्त्री सत्या पहाडी, पूर्वसांसद पद्मा अर्याल र धु्रव लम्साललगायतले सबै राजनीतिक दलको सहकार्य हुनसकेमा देश विकास हुने धारणा राखे । जिल्ला परिषद्ले कुल रु एक अर्ब ११ करोड ३० लाख ८३ हजार बराबरको बजेट प्रस्ताव गरेको थियो ।