काठमाडौ। प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारी बिच बिहिबार साझ भेटवार्ता भएको छ । प्रधानमन्त्रीले भारतभ्रमण र उपलब्धि बारमा राष्ट्रपतिलाई जानकारी गरँएका थिए ।
बिहीबार साझ राष्ट्रपतिको सरकारी निवास शितल निवास पुगेर प्रधानमन्त्री ओलीले आफ्नो भारतभ्रमणबारे जानकराी गराएका हुन ।
प्रधानमन्त्रीले राष्ट्रपतिसमक्ष भारत भ्रमणका क्रममा भएको भेटवार्ता, विभिन्न सहमति–सम्झौता र उपलब्धिबारे जानकारी गराएको परराष्ट्र सचिव शंकरदास बैरागीले बताए ।
करिब दुई घण्टासम्म भएको भेटवार्तामा भारत भ्रमण, वर्तमान राजनीतिक घटनाक्रम लगायतका राष्ट्रिय सरोकारका बिषयमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री औपचारिक भ्रमणमा विदेश जानुपूर्व र फर्किएपछि राष्ट्राध्यक्षको हैसियतमा राष्ट्रपतिलाई जानकारी गराउने प्रचलन रहेको छ ।