हेरात। अफगानिस्तानमा तालिवान सशस्त्र हतियारधारी बिरुद्ध अफगान सैनिक र प्रहरीले दैनिक संयुक्तरुपमा गर्ने गरेका कारबाहीमा तालिवान लडाकू मारिने क्रम रोकिएको छैन ।
यसै कारबाहीका क्रममा बिहीबार एक दर्जन भन्दाबढी व्यक्तिकोे मृत्यु भएको सरकारी अधिकारीले जनाएका छन् । मारिनेमा सबै तालिवान विद्रोही परेका समाचारमा उल्लेख गरिएको छ ।
सो कारबाही अफगानिस्तानको पश्चिमीप्रान्त हेरातमा बुधबार अपरान्ह गरिएको समचारमा जनाइएको छ । त्यस क्रममा केही सैनिक पनि घाइते भएका छन् ।
अफगानिस्तानको राष्ट्रिय प्रहरी र सैनिकले ओबे र चेस्टी सारिफ जिल्लामा गरेको कारबाहीमा कम्तीमा पनि १४ जना लडाकूको मृत्यु भएको जिल्ला प्रशासन प्रमुखले बताएका छन् । अफगानिस्तानबाट नेटो सैनिक फिर्ता भएपछि पनि हिंसा रोकिएको छैन ।
पछिल्लो समयमा अफगान सैनिक र सर्वसाधारण नागरिकमाथि नै आक्रमणका घटनामा वृद्धि भएको बताइन्छ ।