एजेन्सी। बलिउड अभिनेता शाहरुख खानकी श्रीमती गौरी खान एउटा अन्तर्वार्ताले चर्चामा आएकी छिन् । गौरीले अन्तर्वार्तामा भनेकी छिन्, ‘मलाई शाहरुखको परिचयले हुन्न । मेरो अलग पहिचान छ, अलग काम छ ।’

गौरी एक इन्टेरियर डिजाइनर हुन् । उनी यही पहिचानका साथ चिनिन चाहन्छिन् । उनले भनेकी छिन्, ‘जब हेडलाइनहरूमा शाहरुखको मात्र नाम आउँछ, मलाई मन पर्दैन । शाहरुखको परिचयले मलाई हुन्न । मेरा आफ्नै काम छन् । म आफ्नै काम गर्छु । मेरो कामको विषयमा समाचार बन्दा मेरो फरक परिचय हुनुपर्छ । शाहरुखको परिचयसँग लिनुदिनु केही छैन । म आफ्नो काम गर्छु ।’