एजेन्सी। भारतको हरियाणामा आरक्षण माग गर्दै आन्दोलनरत ‘जाट’ समुदायले दिल्ली आउने पानीको मुहान नै बन्द गरिदिएपछि दिल्लीमा पानीको हाहाकार भएको छ ।
१ करोडभन्दा बढी मानिस पानीको अभावसन्ग जुधिरहेको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।
दिल्लीका खानेपानी बोर्डका प्रमुख केशव चन्द्राले प्रभावित क्षेत्रमा पानीको नियमितआपूर्तिको तीन/चार दिनपछि मात्रै वितरण सामान्य बन्ने बताएका छन् ।
जाट समुदायले सरकारी जागिरमा कोटालगायत आरक्षणको माग गर्दै मुनक नहरसमेत नियन्त्रणमा लिएका थिए । नहर सेनाले नियन्त्रणमा लिएपनि मर्मत गर्न समय लाग्ने बताइएको छ ।
आन्दोलनकारीले मालबाहक रेलमा आगो लगाएका छन् भने आन्दोलनका कारण हरियाणा र राजस्थान हुँदै आवत–जावत गर्ने ७० ओटा रेल सेवा अवरुद्ध भएको छ ।