एजेन्सी। पूर्व विश्व सुन्दरीसमेत भइरहेकी प्रियंकाले फेरि एकपटक बलिउड फिल्म क्षेत्रमा आफू चानचुने अभिनेत्री नरहेको प्रमाणित गरेकी छिन् । एक अन्तर्वार्तामा उनले सन्तान उत्पादनबाहेक अरू कामका लागि आफूलाई लोग्नेमान्छेको आवश्यकता नरहेको बताएकी छिन् ।

व्यक्तिगत जीवन सम्बन्धि कुराकानीका क्रममा उनले भनिन्, ‘मेरा लागि एउटा हीरा किन्न कुनै लोग्नेमान्छेको बाटो हेर्नुभन्दा म आफैँ धेरै हीरा किन्न मन पराउँछु ।

प्रियंकाले आफ्नो बालबच्चा हुन् भन्नेमा रहर पालेकी र आफ्नो लायक कोहीसँग घरजम गर्न पनि चाहेकी खुलासा गरिन् ।‘तर, म कसैको विश्वासघात सहन सक्दिनँ,’ उनले भनिन् ।उनले विश्वास गर्ने पुरुषसँग आफू हिंसक पनि हुन सक्ने बताइन् ।