काठमाडौं। नेपाल आयल निगमले पर्सि बिहीबार ६१ लटभन्दा माथिका मोटरसाइकल र स्कुटरलाई पेट्रोल उपलब्ध गराउने भएको छ। निगमले बिहीबार ६१ लट माथिका सबै मोटरसाईकल र स्कुटरलाई ४६ वटा पम्पबाट पेट्रोल बिक्री गर्दैछ।
बिहान ९ बजेदेखि पेट्रोल वितरण गर्ने जनाएको निगमले नवीकरण भएका ब्लु–बुक अनिवार्य लिएर जान सबैलाई आग्रह गरेको छ।