काठमाडौँ। पूर्व राष्ट्रपति रामवरण यादवले कांग्रेस सभापति सुशील कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरेका छन्। पार्टी कार्यालय सानेपामा पुगेर यादवले कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिएका हुन्।
नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि अहिले काँग्रेस केन्द्रीय कार्यालय सानेपामा राखिएको छ ।
कोइरालाको पार्थिव शरीरलाई नेपाली काँग्रेसको आकस्मिक बैठक बसेपछि पार्टीको झन्डा ओढाउने कार्यक्रम रहेको छ ।
कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न काँग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुकको पार्टी केन्द्रीय कार्यालय सानेपामा भीड लागेको छ । स्व कोइरालाको पार्थिव शरीरलाई बिहान ८ः४५ बजे कोइराला निवास महाराजगन्जबाट शवयात्रा गरी पार्टी कार्यालय लगिएको हो ।