काठमाडौँ। जम्मु कश्मीर हुँदै प्रवेश गरेको वायुको प्रभावले काठमाण्डौं उपत्यका लगायत मुलुकको धेरै भागमा बर्षा भएको छ । पश्चिम वायुको असर काठमाडौंसम्म परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी बायुको प्रभावका कारण मध्य पहाडी जिल्लामा पनि आज बर्षा भएको छ । आज दिनभरी मौसम बदली भई मध्यसहित पूर्वी नेपालमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी बायुको प्रभाव सकिए लगत्तै भोलिदेखि मौसममा सुधार आउने बताइएको छ । पानी परेपछि चिसो पनि केही बढेको छ । केही दिन चिसो भएपनि अब बिस्तारै गर्मी बढ्दै जाने मौसमविदले बताएका छन् ।