वीरगञ्ज।पाँच महिनादेखि वीरगन्च रक्सौला नाकास्थित मित्तेरी पुलमा मधेसी मोर्चाले लगाएको बासको ढाट( अवरोध) रक्सौलस्थित भारतीय नागरिकहरुको समूहले हटाएका छन्। योसँगै वीरगञ्ज-रक्सौलको प्रमुख नाका आजदेखि खुलेको छ। 

आन्दोलनकारीहरु टेन्टमा नरहेकाले स्थानीयहरुले आफै गएर टेन्ट हटाउन शुरु गरेका थिए ।

स्थानीयले मितेरी पुलमा रहेको ढाड र टेन्ट हटाएपछि गोरु गढाहरु निर्वाध रुपमा आवतजावत गरिरहेका छन् । अहिलेसम्म पुलमा कोही आन्दोलनकारी नदेखिए पनि ट्रकहरु भने अझै आवतजावत गर्न हिच्किचाइरहेका छन् ।

गत असोज ७ गतेदेखि बन्द नाका १ सय ३५ दिनपछि खुलेको हो । अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पुलमा सुरक्षा दिइरहेका छन् ।