जनकपुरधाम। नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले मधेसी मोर्चाको आन्दोलन अराजक भएको आरोप लगाएका छन् ।

जनकपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता निधिले मधेसी मोर्चाले तोडफोडको राजनीति त्यागेर राजनीतिक रुपमा समस्याको समाधान खोज्नुपर्ने धारणा राखे। मधेसी मोर्चाका लागि नेपाली काँग्रेस मित्र शक्ति भएकाले नेपाली काँग्रेसबिना कुनै पनि आन्दोलन सफल नहुने विश्वास व्यक्त गर्दै नेता निधिले मोर्चाले तोडफोड र निषेधको राजनीतिक त्याग्नुपर्ने बताए।

जनकपुरको मिल्स एरियास्थित आफ्नो घरमा मोर्चाका कार्यकर्ताले आगो लगाएकाबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा नेता निधिले तोडफोड र आगजनी गर्ने मोर्चाको क्रियाकलाप निन्दनीय भएको बताए।

निधिले संविधान संशोधन भएपछि आन्दोलनरत मोर्चाको सबै माग पूरा भएकाले अब किन आन्दोलन भइरहेको छ आफूले बुझ्न नसकेको उल्लेख गरे ।