बेइजिङ। उत्तर कोरियाले गर्ने भनेको रकेट परीक्षणको योजनाप्रति चीनले गम्भीर चासो व्यक्त गरेको समाचार छ ।

चीनले बुधबार सो चासो व्यक्त गरेको समाचारमा जनाइएको छ । उत्तर कोरियाले यस्तो रकेट अन्तरिक्षमा नै पठाउने योजना बनाएको बताइएको थियो ।

चीनको विदेशमन्त्रालयका प्रवक्ता लु काङ्कले नियमित पत्रकार भेटघाटका क्रममा बेइजिङ्मा भन्नुभयो–हामी उत्तर कोरियाको यो योजनाप्रति गम्भीर छौँ ।

उहाँले सो पत्रकार सम्मेलनका क्रममा भन्नुभयो– उत्तर कोरियाले कसैलाई असर नपर्नेगरी यस्ता परीक्षण गर्न पाउने अधिकार भएपनि अन्तरिक्षमा कुनै प्रकारको असुरक्षा उत्पन्न गर्न पाइदैन ।

उत्तर कोरियाले अन्तरिक्षको शान्तिपूर्ण प्रयोग गर्न पाउने अधिकार भएपनि यसको दुरुपयोग गर्न नपाउने र यसरी गरिएको दुरुपयोग संयुक्त राष्ट्रसंघीय शान्तिसम्बन्धी प्रस्तावको विरुद्ध भएको पनि उहाँले बताउनुभयो ।

गत महिनामात्र हाइड्रोजन बमको परीक्षण गरेको उत्तर कोरियाले हालैमात्र अन्तरिक्षमा नै रकेट परिक्षण गर्ने धम्की दिँदै आएको छ ।

उत्तरको यो धम्कीको विश्वकै नेताहरुले विरोध गरिरहेका बेला चीनले पनि यसको विरोध गरेको समाचारमा जनाइएको छ ।