कञ्चनपुर। नेपाल विद्युत् प्राधिकरण वितरण शाखा महेन्द्रनगरले लामो समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरेको छ ।
दुई महिनाभन्दा बढी समयदेखि महसुल नबुझाउने ग्राहकको लाइन काट्न सुरु गरिएको हो ।
माघ १७ गतेदेखि हालसम्म विद्युत् महसुल नबुझाउने ३० जना ग्राहकको विद्युत्को लाइन काटिएको वितरण शाखाका प्रमुख भोजराज जोशीले बताउनुभयो ।
प्राधिकरणको
बक्यौता
रकममा
वृद्धि
हुन
थालेपछि
लाइन
काट्न
सुरु
गरेका
हौँ
उहाँले
भन्नुभयो,
“लाइन
काटिएकामध्ये
१२
जना
ग्राहकले
रु
दुई
लाख
७५
हजार
३९५
बक्यौता
रकम
बुझाएपछि
पुनः
लाइन
जोडिएको
छ
।”
वितरण
शाखाको
चालु
आवको
बक्यौता
रु
१०
करोड
१०
लाख
छ
हजार
३००
पुगेको
छ
।
लामो
समयदेखि
महसुल
नबुझाउनेमा
सरकारी
कार्यालयसमेत
रहेका
छन्
।