काठमाडौं।  नेपाली यू–१९ क्रिकेट टोलीका कप्तान राजू रिजाल २४ वर्षभन्दा माथि रहेको एक भारतीय क्रिकेटरले दाबी गरेका छन् । आफूसँगै खेलेको भन्दै ती क्रिकेटरले रिजालले आफ्नो उमेर ढाँटेको दाबी गरेका छन् ।

कौस्तभ पवार नामका ति क्रिकेटरले राजू रिजालले आफूसँगै मुम्बईमा यू–१५ का म्याचहरु खेलेको दाबी गरेका छन् । उनले त्यतिबेला एकसाथ खेल्ने अन्य खेलाडीहरुको उमेर झन्डै लगभग २४–२५ वर्षको रहेको भन्दै नेपालका कप्तानको वास्तविक उमेर पनि त्यति नै भएको दाबी गरेका छन् । मुम्बईमा छदाँ राजु रिजालले राजू शर्माको नामबाट खेल्ने गरेको उनको आरोप छ ।

को हुन् कौस्तभ पवार ?
कौस्तभ पावारले सन् २०११–१२ को सिजनबाटै व्यवसाहिक क्रिकेट सुरु गरेका थिए । उनले पहिलो सिजन मुम्बईमा आबद्ध भएर भारतको फस्ट क्लास घरेलु प्रतियोगिता रन्जी ट्रफी खेले ।

क्रिकेट सम्बन्धि वेभ पोर्टल क्रिकइन्फो डटकममा उनले भारतीय स्टार रोहित शर्मासँगै सन् २०११ मा मुम्बईबाट खेलेको उल्लेख छ ।
यो विषयलाई क्रिकेट कन्ट्री नामक अनलाइनले समेत समाचार बनाएको छ ।रातोपाटि डट कम बाट