काठमाडौं। आइसिसि यु १९ विश्वकप क्रिकेटको पहिलो खेलमा नेपालले न्युजील्याण्डलाई २३९ रनको चुनौति दिएको छ।

बंगलादेशको खान साहेब ‌ओस्मान अलि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २३८ रन बनायो।

नेपाललका लागि कप्तान राजु रिजालले सर्वाधिक ४८ रनको योगदान गरे भने आरिफ शेख र सन्दिप सुनारले ३९-३९ रन जोडे।

राजविर सिंहले २४, सुनिल धमालाले १५, दिपेन्द्र सिंह ऐरीले १६ रन बनाए भने यज्ञराज सिहं कार्की ६ रनमै आउट भए।

अविजित रहेका कुशल भुर्तेलले ३५ र प्रेम तामाङले ४ रन बनाए।