काठमाडौं। कांग्रेसमा दुई कार्यकाल लगातार सभापति भएकाले तेस्रो कार्यकालका लागि लड्न नपाउने भएका छन् । ११ औं १२ औंमा लगातार दुई कार्यकाल जिल्ला सभापति भइसकेकाले १२ औंमा जिल्ला सभापति हुन नपाउने निर्णय कांग्रेसले गरेको हो ।
कांग्रेसमा यो नियम क्षेत्र र गाउँ कार्य समितिमा भने लागू नहुने भएको छ । कांग्रेसले चैतमा हुने महाधिवेशनसम्म आफ्ना सांसद्हरु उपस्थित हनु नसक्ने भएकाले संसद स्थगित गर्न माग गरेको छ ।
त्यसैगरी आान्दोलनरत मधेसी मोर्चा लगायत सबैलाई आफ्नो महाधिवेशनमा सहयोग गर्न पनि अपिल गरेको छ । महाधिवेशनका लागि आवश्यक सुरक्षाको ब्यवस्थापन गरिदिन पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।