काठमाडौँ। नेपाल आयल निगमले काठमाडौँ उपत्यकामा अब एक साताभित्र पेट्रोल तथा डिजेलको आपूर्ति सहज हुने जनाएको छ ।
रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्र्रियामा निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले निगमका देशभरका डिपोलाई उपत्यकामा तेल पठाउन निर्देशन भइसकेको बताउँदै त्यहाँबाट तेल आयात भएपछि सबै पेट्रोल पम्पबाट निश्चित परिणाममा सहज रुपमा वितरण गरिने जानकारी दिए ।
घिमिरेले भारतले ग्यासको आपूर्ति नबढाउँदासम्म आपूर्ति सहज हुन नसक्ने हुँदा नयाँ निर्णय नहुन्जेल ७ दशमलव १ किलोकै सिलिन्डर वितरण गरिने बताए ।