जनकपुरधाम। मोरङको रङ्गेलीमा घटेको घटनालाई लिएर धनुषामा आमहडताल गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा घोषित आमहडतालका कारण जनजीवन प्रभावित भएको छ ।
केही दिनदेखि सहज भएको जनजीवन आजदेखि पुनः कष्टकर भएको छ । हडतालका कारण शैक्षिक संस्थान, बजार, कलकारखाना र यातायात पनि बन्द गरिएको छ ।
मोर्चाका कार्यकर्ता र नेताहरु बिहानैदेखि जनकपुरका मुख्य चोकहरुमा टायर बालेर लाठी लिएर प्रदर्शन गरिरहेका छन् ।