काठमाडौं। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। सोमबार साँझ बसेको निगमको बैठकले करिब साढे ४ महिनापछि पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार पेट्रोलमा ५ रूपैयाँ, डिजलमा ६ रूपैयाँ, मटीतेलमा ६ रूपैयाँ मूल्य घटेको छ।
पेट्रोलको मूल्य प्रतिलिटर ९९ रूपैयाँ, डिजेल र मट्टितेल ७५ रुपैयाँमा पाइनेछ ।
निगमले ग्याँसको मूल्यमा भने परिवर्तन गरेको छैन ।यसअघि निगमले भदौ १५ गते पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा, डिजल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३५ रुपैयाँले घटाएको थियो भने साउन १७ गते पनि निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ५० पैसा घटाएको थियो।