काठमाडौं । नेपाल आयल निगमको मूख्य भण्डारण केन्द्र थानकोट डिपोको भण्डारण क्षमता भरिएको छ ।

वीरगञ्ज नाका बाहेक अन्य नाका पूर्ववत अवस्था जस्तै सञ्चालन आएपछि पेट्रोलियम पदार्थको आपूर्तिमा सहजता आएको हो । पेट्रोलियम पदार्थको आपूर्ति बढेर भण्डारण क्षमता समेत भरिँदा पनि आयल निगमले सर्वसाधरणलाई तेल वितरण गर्ने तयार गरेको छैन् ।

आयल निगमसँग प्रयाप्त मात्रामा तेल हुँदाहुँदै सर्वसाधारणलाई वितरण किन नगरेको भनेर पिपलनेटाले प्रश्न गर्दा आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले अब आउने तेल सिधै पेट्रोल पम्पमा पठाएर वितरण गरिने जानकारी गराए ।