भीमदत्तनगर। उपप्रधान एवम् रक्षामन्त्री भीमबहादुर रावलले मुलुकमा देखिएका नाकाबन्दी र मधेस आन्दोलन केही दिनभित्रै समाप्त भई समस्याको समाधान हुने बताएका छन् ।
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रथम नगरपरिषद्को उद्घाटन गर्दै रावलले सरकारले ठोसरुपमा काम अघि बढाएकोले समाधान चाँडै निस्कने विश्वास व्यक्त गरे ।
अत्यधिक बहुमत जनप्रतिनिधिले हस्ताक्षर गरी सार्वजनिक गरिएको संविधानको विरोध गर्नुको कुनै तुक नरहेको बताउँदै रावलले मोर्चाकै मागअनुसार जनसङ्ख्याकै आधारमा निर्वाचन क्षेत्र हुनुपर्ने पक्षमा सरकारले कार्य गरिरहेको जानकारी दिए ।