एजेन्सी। इण्डोनेसियाको राजधानी जाकार्तामा श्रृङ्खलावद्ध विस्फोटमा चार जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रपति प्यालेस र संयुक्त राष्ट्रसंघको कार्यालय नजिकैको शपिङ सेन्टर बाहिर विस्फोट भएको हो । प्रहरीका उच्च अधिकारीका अनुसार विस्फोटलाई माध्य नजर राख्दै सर्वसाधरण लाई घर भित्र बस्न अनुरोध गरिएको छ ।