पोखरा। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले अहिलेको कठिन अवस्थामा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले आफ्ना संयन्त्रलाई प्रभावकारीरुपमा परिचालन गर्नुपर्ने बताएका छन्।

नेकपा (एमाले) गण्डकी अञ्चल समन्वय समितिको आयोजनामा ‘संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढीकरण अभियान’अन्तर्गत अञ्चलस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै खनालले सरकारको आपूर्ति व्यवस्था सुस्त भएकाले कालोबजारी मौलाएको आरोप लगाए ।

पूर्वप्रधानमन्त्री खनालले सीमाङ्कनका विषयमा मधेसी मोर्चासँग वार्ता गर्दा निकै होसियारी अपनाउनुपर्ने बताउँदै हिमाल, पहाड र तराईलाई टुक्राएर प्रदेश बनाउन नसकिने धारणा राखे ।

दुई दिनसम्म चल्ने प्रशिक्षण कार्यक्रममा गण्डकी अञ्चलका पार्टी कार्यकर्ताको सहभागिता छ । अहिलेको कठिन अवस्थामा आपूर्ति व्यवस्थालाई सहज बनाउन सरकारले आफ्ना संयन्त्रलाई प्रभावकारीरुपमा परिचालन गर्नुपर्ने बताएका छन् ।