एजेन्सी। अमेरिकाका राष्ट्रपति बाराक ओवामा सार्वजनिक कार्यक्रममा रोएका छन् । अन्धाधुन्द बन्दुक प्रहारका घटना बढेपछि चिन्तित देखिएका अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकामा बन्दुक नियन्त्रणलाई कडा पार्ने योजना तय गरेका छन् । यसो भन्दैगर्दा ओबामा निकै भावुक भए र कारवाही नगर्न कुनै बाहना नचल्ने बताएका छन् ।
कनेक्टिकटको न्युटाउनमा तीन वर्ष अघिको गोली काण्डमा ज्यान गुमाउने २० विद्यार्थीको सम्झनामा गरिएको कार्यक्रममा उनी यसरि रोएका हुन् । उनले अमेरिकी गन लबीको चेतावनी समेत दिएका छन् कि सरकारको कदममा रोकावट ल्याउने अनुमति दिइने छैन ।
ओबामा बन्दुक लाइसेन्स वितरण प्रणालीलाई कडा बनाउनुपर्ने पक्षमा छन् । तर संसदमा बुहमत नपाएपछि उनको योजना सफल हुन सकेको छैन ।
यसरि रोए ओबामा भिडियो :