एजेन्सी। अस्ट्रेलियाले सुरक्षाको कारण देखाउँदै बंगलादेशमा हुने १९ वर्षमुनिको आइसिसी क्रिकेटमा सहभागी नहुने घोषणा गरेको छ । अस्ट्रेलियाले खेलाडीको सुरक्षा खतरा रहेको जानकारी गराउँदै प्रतियोगितामा सहभागी नहुने निर्णय गरेको हो ।
अस्ट्रेलियाको सिनियर टोलीले गएको अक्टोबरमा पनि बंगलादेश भ्रमण रद्द गरेको थियो । खेलाडीको सुरक्षा खतरा उच्च रहेको सरकारी सुक्षावका आधारमा प्रतियोगितामा सहभागी नहुने निर्णय गरिएको क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।
१६ देश सहभागी प्रतियोगितामा अस्ट्रेलिया समूह डी मा छ । नेपालसहित भारत र न्युजिल्याण्ड पनि यही समूहमा छन् । प्रतियोगिता आउँदो माघ ८ गतेदेखि फागुन दुई गतेसम्म बंगलादेशमा हुँदैछ ।