काठमाडौं। सोमबार विहान भारतको मनिपुरलाई केन्द्रविन्दु बनाएर ६ दशमलब ७ रेक्टर स्केलको भूकम्प गएको अमेरिकी भूगर्भ विभाग जनाएको छ । भूकम्पको धक्का पूर्वी नेपालका भोजपुर, धनकुटा, ताप्लेजुङ, झापासहित नेपालका पूर्वी भागमा भूकम्पको धक्का महसुस गरिएको छ ।

भारतमा सोमबार बिहानै गएको भूकम्पमा परी चार जनाको ज्यान गएको छ भने एकसय जना घाइते भएका छन् । भूकम्पबाट भएको थप क्षतिको विवरण आउने क्रम जारी छ ।

भारतको असम, बंगाल, अरुणाचल प्रदेश, बिहार, झारखण्डसहितका राज्यहरुमा भूकम्पको ठूलो धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।