काठमाडौं। भारतको केरलामा जारी एघारौं साफ च्याम्पियनसीप फुटबलमा आज (आइतबार) नेपालले बलियो प्रतिद्धन्दी भारतको सामना गर्नेछ ।

यो खेलसँगै प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा हुँदैछ । समूह ए को अन्तिम खेलमा नेपाल र भारत खेलेसंगै सेमिफाइनल पुग्ने चारै टिमको टुङ्गो लाग्ने भएको हो ।

अहिलेसम्मभारत र श्रीलंकाले एक एक खेलमा जित हासिल गर्दा नेपाल अंकविहीन छ । नेपालले भारतलाई हराउन सकेमात्र सेमिफाइनलमा ठाउँ बनाउने छ । पहिलो खेलमा नेपाल श्रीलंकासंग १-० ले पराजित भएको थियो ।

यसैबीच, नेपाली टिमका कप्तान अनिल गुरुङ्गले कठिन भए पनि कुनै पनि हालतमा भारतविरुद्ध जित निकाल्ने विश्वास व्यक्त गरेका छन् । उनले नेपाली टिम राम्रो भए पनि गोल गर्न भने समस्या परेको स्वीकारे ।