काठमाडौं। भारतले गरेको अघोषित नाकाबन्दीको ३ महिनापछि अहिलेसम्मकै धेरै ग्यास आज काठमाडौँ भित्रिएको छ । ७८ वटा गाडीमा विभिन्न कम्पनीका १६ हजार २ सय ७९ वटा ग्यास सिलिण्डर काठमाडौं भित्रिएको मुख्य नाका नागढुंगाका प्रहरी हबल्दार पुर्ण रायमाझीले जानकारी दिएको छ ।
दुई वटा ग्यास बुलेट बाटोमा रहेको र दुई वटा काठमाडौं आइसकेको पनि उनले बताए । गएको २४ घण्टामा नाकाबन्दीपछि पहिलो पटक यती धेरै ग्यास काठमाडौं भित्रिएको उनले बताए ।
भन्सार विभागका महानिर्देशक शिशिरकुमार ढुंगानाका अनुसार बिहीबार भैरहवा र विराटनगर नाकाबाट जम्मा ४ वटा ग्यास बुलेट नेपाल भित्रिए पनि त्यस अघि दैनिक १३ देखि ४४ बुलेटसम्म भित्रिएको उनले बताए ।