काठमाडौँ। दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर ५९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको हो ।

यसअघि मंसिर २७ गते धादिङ केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केल कै पराकम्प गएको थियो । त्यसपछि गएको शनिबार बिहान ४ बजेर २ मिनेटमा बाजुरा केन्द्रविन्दु भएर ५ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो ।