ललितपुर। मंगलबार राति काठमाडौं उपत्यकाको तापक्रम १ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ । यो यसवर्षको अहिलेसम्मकै कम तापक्रम हो । मंगलबार न्यूनतम २ दशमलव १ डिग्री रहेकोमा राति घटेर १ दशमलव ५ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै मंगलबार न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री सेल्सियस रहेको जुम्लाको तापक्रम माइनस ८ दशमलव ३ डिग्री पुगेको छ । जिरीको तापक्रम माइनस ३ दशमलव ६ डिग्री मापन गरिएको छ ।
पोहोरको तुलनामा यसवर्ष दुईहप्ता अघि नै चिसो बढेको महाशाखाले जनाएको छ । वायु प्रदुषणको प्रभावका कारण पनि मौसम बदली भएको मौसमविद्ले बताएका छन् ।