काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाले निलम्बित अध्यक्ष सेप ब्लाटर र युरोपियन फुटबल महासंघ युइएफएका अध्यक्ष मिचेल प्लाटिनीलाई ८ वर्षको प्रतिबन्ध लगाएको छ ।

फिफाले गरेको आचरणसम्बन्धी अनुसन्धानमा दोषी पाइएपछि ७९ वर्षे ब्लाटर र ६० वर्षे प्लाटिनीलाई फुटबलका कुनैपनि गतिविधिमा संलग्न हुन नपाउने गरी ८ वर्षको प्रतिबन्ध लगाइएको हो ।यो प्रतिबन्धपछि अब उनीहरुले आठ वर्षसम्म फुटबलसम्बन्धी कुनै पनि गतिविधिमा सहभागिता हुन नपाउने भएका छन् ।