काठमाडौं। कांग्रेसमा सबा दुई लाख नयाँ क्रियाशील सदस्य थपिएपछि सभापति सुशील कोइराला पार्टी आफ्नो हातबाट फुत्कने अनुमान गर्दै त्यसको विरोधमा उत्रिएका छन्।
पार्टी केन्द्रीय समितिले गठन गरेको कोइराला निकट नेता नरहरि आचार्यको संयोजकत्वको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदनमा सबा दुई लाख नयाँ सदस्य थपिएको उल्लेख छ। नयाँ सदस्य थपिएपछि आसन्न पार्टीको तेह्रौं महाधिवेशनमा वरिष्ठ नेता शेरबहादुर देउवा पक्षको पकड हुने अनुमान गर्दै कोइरालाले नयाँ सदस्यहरूलाई मताधिकार दिन नहुने धारणा आफू निकट सदस्यमार्फत केन्द्रीय समितिमा प्रवेश गराएका हुन्।