काठमाडौं।  स्ट्रार्इकर अनिल गुरुङ नेपाली राष्ट्रिय फुटबल टिमको नयाँ कप्तानमा चुनिएका छन् ।म्याच फिक्सिङकमा संलग्न भएका सागर थापा आजीवन प्रतिबन्धित भएपछि गुरुङ नयाँ कप्तानमा चुनिएका हुन ।
प्रशिक्षक प्याट्रिक ओसेम्सले भारतको त्रिवेन्द्रममा आगामी पुस ८ गतेदेखि हुने १२ औं साफ च्याम्पियनसिप फुटबलका लागि अनिलको कप्तानीमा २३ सदस्यीय नेपाली टोलीको सोमबार घोषणा गरे ।
प्रशिक्षक प्याट्रिकले नेपाली टिमको उपकप्तानमा डिफेन्डरहरु रोहित चन्द र विराज महर्जनलार्इ चयन गरेका छन् । घोषित टिमअनुसार नेपालको रक्षापंक्ति रञ्जित धिमाल, रविन श्रेष्ठ, जितेन्द्र कार्की, अनन्त तामाङ, आदित्य चौधरी र विराज महर्जनले सम्हाल्ने छन् ।
त्यसैगरी मिडफिल्डको जिम्मेवारी जगजीत श्रेष्ठ, हेमन गुरुङ, विशाल राई, विक्रम लामा, योगेश गुरुङ र रोहित चन्दले सम्हाल्ने भएका छन् ।
नेपालको अग्रपंक्तिको जिम्मेवारी सम्हाल्ने जिम्मेवारी कप्तान अनिलको साथमा विमल घर्तीमगर, नवयुग श्रेष्ठ र नविन लामाले पाएका छन् ।
नेपाली टिमको गोलपोस्ट सम्हाल्ने जिम्मेवारी किरण चेम्जोङले पाएका छन् । उनीसँगै विकेश कुथु र अमृत चौधरीमध्ये एकजनालार्इ गोल पोस्ट सम्हाल्ने अन्तिम जिम्मेवारी दिइनेछ ।