काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रबिन शर्मालाई आज साँझ पक्राउ गरेको छ ।
पेट्रोल पम्पहरुसँग मिलेर उपभोक्तालाई ठगी गरेको भन्दै उनलाई नियन्त्रणमा लिइएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । उनले उपत्यकाका १३ वटा पम्पहरुसँग मिलेर सघाएको खनालले बताए ।
महाशाखाले केही समयअघि राजधानीमा पम्पहरुमा छापा मारेर ठगी गर्ने पम्प संचालकहरुमाथि मुद्दा दायर गरेको छ । पेट्रोल पम्प संचालकहरुले शर्माले पम्ममा रिमोर्ट जडान गर्न सघाएको बताएपछि उनलाई नियन्त्रणमा लिइएको खनालले बताए ।
साथै उनीमाथि उपत्यकाका पम्पहरुमा कम परिमाणमा तेल पठाएको समेत आरोप छ । पम्प संचालकहरुले आयल निगमबाटै कम परिमाणमा तेल आउने गरेको र त्यसै अनुसार आफूहरुले पनि सर्वसाधारणलाई बेच्दा कम दिने गरेपछि अनुसन्धानका लागि उनलाई नियन्त्रणमा दिएको खनालले बताए । डिपोबाट तेल अनियमितता गरेको अारोप पनि उनी माथी छ ।
उनीमाथि ठगी र कालोबजारीको मुद्दा चलाउने प्रहरीले जनाएको छ ।