काठमाडौं, २७  मंसिर । आन्दोलनरत मधेसी मोर्चा अन्तर्गत सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा छुट्टै ‘मधेस देश’को माग तथा हिंसात्मक साम्प्रदायीक दंगा भड्किने चेतावनी दिएको खुलासा भएको छ ।

दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा गत मंगलबार आयोजित कार्यक्रममा राजेन्द्र महतोले यस्तो चेतावनी दिएका हुन् । भारतस्थित नेपाल मामिलाका जानकार प्रोफेसर एसडी मुनीको अध्यक्षतामा ‘जेएनयू’को कोठा न‌ं. १२८ मा आयोजित ‘नेपालको नयाँ संविधानमा मधेसी आकांक्षा’ विषयक अन्तरक्रिया कार्यक्रममा महतोले मधेस आन्दोलन सफल नभए तीन ठूला खतरा निम्तिनसक्ने हुँकार गरे ।

पहिलो विकल्प: शान्तिपूर्ण मधेस आन्दोलन सफल नभएमा आन्दोलन हिंसात्मक बन्नसक्छ ।

दोस्रो विकल्प: नेपालभित्रै अलग ‘मधेस’ देशको माग उठाउनेहरु अघि आउनेछन् ।

तेस्रो विकल्प: साम्प्रदायीक दंगा भड्कने छ ।

नागरिक न्यूज‘ले सार्वजिनक गरेको भिडियोमा महतोले चेतावनीको शैलीमा भनेका छन्, ‘अब नेपालमा तीन ठूला दुर्घटना निम्तिन सक्छ ।’ आफूहरुले त्यस्ता दुर्घटना नचाहेकोभन्दै उनले मधेस आन्दोलन सफल होस् भन्ने कामना पनि गर्न भ्याए ।

 

भिडियो हेर्न नागरिक न्यूजको यो लिंकमा जानुहोस्